“बार्सिलोनाले मलाई साइन गर्न प्रयास गरेको थियो”

पिएसजीका स्टार एन्जल डि मारियाले खुलासा गरेका छन् कि उनी २०१७ मा बार्सिलोनामा सामेल हुन नजिक पुगेका थिए।

तर बार्सिलोना उनको सट्टा डेम्बेलेलाई भित्रा।

“म पेरिसमा धेरै खुसी थिएँ” रियाल म्याड्रिड संगका च्याम्पियन्स लिगका विजेता डि मारियाले बताए ।

“बार्साले मलाई साइन गर्न प्रयास गरेको थियो । दुई क्लबले यसको बारेमा छलफल गर्यो, तर पिएसजीले मलाई बेच्न चाहेन र यो कुरा त्यहाँ समाप्त भयो।

“अन्त्यमा, पिएसजी नछाड्नु राम्रो कुरा थियो किनकि म आज पेरिसमा धेरै खुसी छु।

“म युरोपमा मेरो क्यारियर पिएसजीमा अन्त्य गर्न चाहन्छु, त्यो मात्र चीज हो जुन म चाहन्छु र मेरो दिमागमा छ,” उनले भने।