बार्सिलोनाले भित्र्याए नेदरल्याण्डका भ्यान बेइजनेन

बार्सिलोनाले नेदरल्याण्डका डिफेन्डर माइक भ्यान बेइजनेनलाई दुुई वर्षको लागि क्लबमा अनुबन्धन गरेको छ । ला लिगा च्याम्पियन बार्सिलोनाले सिजन २०२१ सम्मका लागि उनलाई क्लबमा अनुबन्धन गरेको हो ।

२० वर्षीय खेलाडी भानलाई एनएसी ब्रेडाबाट १०० मिलियन युुरो तिरेर अनुबन्धन गरेको हो । उनको मेडिकल चेक पूरा भएपछि बार्सिलोनाले क्लबमा भित्र्याएको हो । लियोनल मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाले सिजन २०१८–१९ को ला लिगा जितेको थियो । बार्सिलोना च्याम्पियन्स लिगबाट भने सेमिफाइनलमा बाहिरिएको थियो ।