बार्सिलोनाले भित्र्याए बोयटिङ, भन्छन एल क्लासिकोमा गोल गर्न चाहन्छु

बार्सिलोनमा आबध भएका नयाँ खेलाडी केभिन-प्रिन्स बोयटिङ ले मार्च २ मा हुने क्लासिको मा गोल गर्न चाहएको बतायेका छन । इटालिमा स्काइ सँग बोल्दै उनले आफ्नो पुरानो क्लब सासूलो लाई छोड्न पर्दा दु:ख लगिरहेको बातायेका थिए। उनले थपे बार्सिलोना बाट खेल्न पाउनु मेरो लागि ठुलो मौका हो ।

उनले बार्सिलोना उड्नु भन्दा पहिले क्लब र साथीभाइ लाई बिदाइ गर्दै भनेका छन सासूलो ले मलाई धेरै कुरा सिकायो म क्लब अनी टिममेट हरु लाई धेरै मिस गर्नेछु ।

उनले थपे मैले ग्याम्पर ट्रफी को लागि बार्सिलोना बिरुद्ध खेल्दाको क्षण मलाई याद छ। बोयटिङले लास पाल्मास बाट खेल्दा रिअल मड्रिड्बिरुद्ध एक गोल र एक असिस्ट गरेका थिए ।