बार्सिलोनाले भित्र्याए नयाँ खेलाडी; जसले रोनाल्डोलाई रातो कार्ड खुवाएका थिए

बार्सिलोनाले नयाँ खेलाडी भित्र्याएको छ । बार्सिलोनाले ला लिगा क्लब भ्यालेन्सियाबाट २६ वर्षीय डिफेन्डर जेइसन मुरिलोलाई भित्र्याएको हो । मुरिलो कोलम्बियाका खेलाडी हन् । उनी केही समयअघि मात्रै इटालियन क्लबबाट लोनमा भ्यालेन्सिया आइपुगेका थिए । उनलाई बार्सिलोनाले जारी सिजनको अन्त्यसम्मका लागि भित्र्याएको हो ।

यो बताइएको छ कि, बार्सिलोनाले आफ्नो टोलीका खेलाडी सेन्टर ब्याक सामुएल उम्टिटी र थोमस भर्माइलेन घाइते भएपछि तत्कालको अभाव टार्न मुरिलोलाई भित्र्याएको हो ।

मुरिलो उनै खेलाडी हुन्, जसले जारी सिजनमा च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको पहिलो खेल खेल्न स्पेन पुगेका बेला युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई रातो कार्ड खुवाएका थिए । भ्यालेन्सियाविरुद्ध उसकै घरमा खेल्नेक्रममा रोनाल्डोलाई डिफेन्डर मुरिलोमाथि हात लगाएको आरोपमा रेफ्रीले खेलको २९औं मिनेटमा रातो कार्ड देखाएका थिए । रोनाल्डोले पाएको सो रार्ता कार्ड निकै विवादित र चर्चित पनि बनेको थियो ।