बार्सिलोनाले भित्रायो अस्ट्रियाका वन्डरकिड

हालको ट्रान्सफर विन्डोमा सबैको ध्यान बार्सिलोनाको पहिलो टिमको खेलाडीहरूमा रहेको छ तर बार्साले आफ्नो ‘बि’ टिममा पनि केही आशाजनक खेलाडी भित्राएको छ। हाल खबर अनुसार बार्सिलोनाले रैपिड भियनाका १८ वर्षका वन्डरकिड युसुफ डेमिरलाई साइन गरेको छ।

उनलाई बार्सिलोनाले लोनमा साइन गरेको हो भने उनको लोन सम्झौता पछि उनलाई स्थायी रुपमा बार्साले साइन गर्न पाउने खण्ड रहेको छ। बार्सिलोनाले उनलाई बार्सा ‘बि’मा खेलाउने खबर छ भने उनको खेल विकास पछि उनलाई बार्साको पहिलो टिममा प्रोमोट गर्ने बार्साको योजना रहेको जानकारी छ।

उनको लागि बार्सा €५००,००० लोन सुल्क तिरेको छ भने उनलाई स्थायी रुपमा साइन गर्न बार्साले भियनालाई थप €१० मिलियन तिर्न पर्ने हुने छ। उनलाई स्थायी रुपमा साइन गर्ने निर्णय बार्सा ‘बि’मा उनको खेलमा निर्भर हुने जानकारी छ।

युसुफ डेमिर हाल विश्व फुटबलको उत्कृष्ट युवा प्रतिभाहरू मध्ये एक हुन् र उनले बार्सा बिमा धेरै मौका पाउने छन्। उनले आफ्नो उत्कृष्ट प्रतिभा देखाउन सके अर्को सिजन उनी बार्साको सिनियर टिममा पर्न सक्ने छन्।