बार्सिलोनाले भित्राए लेगानेसका स्ट्राइकर तर लेगानेसले भने विकल्प साइन गर्न नपाउने

बार्सिलोनाले ट्रान्सफर विन्डोको अन्त्य भए पनि बार्सिलोनाले लेगानेसका स्ट्राइकर मार्टिन ब्रेथवेट साइन गरेका छन्, ला लिगाले डेम्बेले चोटग्रसित भए पछि बार्सालाई उनको विकल्प साइन गर्न अनुमति दिएको थियो।

अनुमति पाए पछि बार्साले लेगानेसका २८ वर्षका स्ट्राइकर साइन गरे, जस्लाई लेगानेसले बेच्न चाहेको थिएन तर बार्साले उक्त स्ट्राइकरको £१५ मिलियनको रिलिज क्लज ट्रिगर गर्दै उनलाई साइन गरे जसको मतलब क्लबले उनलाई रोक्न सक्ने छैन तर लेगानेसले भने हाल ट्रान्सफर विन्डो बाहिर उक्त स्ट्राइकरको विकल्प साइन गर्न पाउने छैन।

८ वर्षका स्ट्राइकर लेगानेसका लागि खेल्दै थिए र यो सिजनमा उनले २७ खेलमा ८ गोल गरेका छन्। बार्साले उनलाई साइन गरे पछि लेगानेसले आफ्नो स्ट्राइकर गुमाएको छ र ट्रान्सफर विन्डो नखोले सम्म विकल्प साइन गर्न नपाउने भए पछि लेगानेस क्रोधित भएको खबर छ र लेगानेसका फ्यानहरु पनि बार्साबाट खुसी छैनन्।

लेगनेस हाल ला लिगा तालिकामा १९औं स्थानमा छन् र रेलिगेशनमा पर्ने ठुलो सम्भावना छ।