बार्सिलोनाले बिभिन्न क्लबहरुलाई कुल €१२६ मिलियन तिर्न बाँकी

बार्सिलोनाको वार्षिक आर्थिक रिपोर्ट जारी भएको छ र हालसालैका ट्रान्सफरको लागि क्लबले अर्को बिभिन्न क्लबहरुलाई अझै धेरै रकम तिर्न पर्ने खुलेको छ र कुल €१२६ मिलियन रकम बार्साले बिभिन्न क्लबहरुलाई तिर्न पर्ने खुलेको छ।

बार्साले हालका वर्षहरूमा धेरै ठूलो ठुलो रकम खेलाडीहरु साइन गरेका छन्, कागजातहरूको अनुसार ती मध्ये धेरै जसो भुक्तानी अझै बार्साले गर्न बाँकी छ।

कुलमा, बार्सिलोनाको १९ खेलाडीहरूका लागि बिभिन्न क्लबलाई तिर्न पर्ने मूल्य €१२६ मिलियन पुगेको छ।

बार्सिलोना अझै पनि लिभरपूल काउटिन्होको लागि €२९ मिलियन तिर्न पर्ने छ भने सो रकम ४० मिलियन सम्म पुग्ने खबर छ।

फ्रेन्की डी जोङ्गको लागि आयाक्सलाई बार्साले १६ मिलियन तिर्न बाकी छ भने मालकमको लागि बोर्डोलाई बार्साले १० मिलियन तिर्न बाकी रहेको छ।

रियल बेटिसलाई जूनियर फिर्पोको लागि ९ मिलियन यूरोको बाँकी छ भने २०१८मा आर्थर साइन गरेको बापत बार्साले ग्रिमियोलाई ८ मिलियन तिर्न बाकी छ।

भिल्लारियाल संग डेनिस सुआरेजको लागि २४१,००० तिर्न बाकी रहेको छ भने इबारलाई पनि बार्साले २.५ मिलियन तिर्न बाकी रहेको छ।

बार्साले खेलाडी बेचेकोमा अन्य क्लब संग रकम लिन बाकी पनि रहेको छ। बार्साले बिभिन्न क्लब संग लिन पर्ने रकम ४६ मिलियन रहेको कुरा छ।