बार्सिलोनाले नेयमारलाई फर्काउन पीएसजीसँग अन्तिम प्रस्ताव राखे

बार्सिलोनाले नेयमारलाई फर्काउन पीएसजीसँग तेस्रो तथा अन्तिम प्रस्ताव राखेको बताइएको छ।

बार्सिलोनाले पिएसजीसँग राखेको दुई प्रस्ताव पहिलेनै पीएसजीले अस्वीकार गरिसकेका छन्। यस पटक बार्सिलोनाले प्रस्तावमा डेम्बेलेलाई समेटेका छन्। यो प्रस्ताव पीएसजीले मान्ने बार्सिलोनाको विश्वास छ।

बार्सिलोनाले नेयमारको लागि ठुलो रकम र डेम्बेले दिने प्रस्ताव राखेको बताइएको छ। नेयमारले पीएसजीमा दुई वर्ष बिताए थिए।

उनी यो सिजन बार्सिलोनाबाट पूर्न खेल्ने चाहाना गरेका थिए।
बार्सिलोनाले नेयमारको लागि राखेको ७२ मिलियन पाउन्डसँग इभन राकिटिच र फिलिप कौटिन्हो साट्ने पहिलो प्रस्ताव पीएसजीले अस्विकार गरेको थियो।

दोस्रो पटक राखेको १७२ मिलियन पाउन्ड बराबरको प्रस्तावलाई पनि पीएसजीले अस्वीकार गरिदिएको थियो।

बार्सिलोनाको यो अन्तिम प्रस्तावको रुपमा हुनेछ। डेम्बेले।यसको मुख्य पात्र हुनेछ। पीएसजीले यो प्रस्तावलाई अस्वीकार गरे नेयमारलाई अनुबन्धित गर्नका लागि बार्सिलोनाले अन्य कुनै प्रयास नगर्ने बताएको छ।