बार्सिलोनाले नेमार साइन गर्ने बारे ग्रिजम्यान धेरै उत्साहित

एन्टोनी ग्रिजम्यान बार्सिलोनाले पिएसजीका स्टार नेमारलाई साइन गर्ने आशाबाट उत्साहित भएको खबर छ।

बार्सा यस वर्षको गर्मीको ट्रान्सफर विन्डोमा नेमारलाई साइन गर्ने प्राथमिकतामा छन्।

र केही स्रोतहरूले दाबी गरे कि ब्राजिलियनले ग्रिजम्यानलाई प्रतिस्थापन गर्न बार्सा आउने छन्, तर फ्रान्सेलीले त्यस्तो सोच नराखेको देखिन्छ।

उनि नेमारको आगमनको कुराले धेरै उत्साहित रहेको खबर छ।

मुन्डो डिपोर्टिभोको अनुसार ग्रिजम्यानले आफ्नो साथीहरूलाई भनेका छन् कि उनको र नेमारको साझेदारी राम्रो हुन सक्ने छ बार्साको खेल अझै उत्कृष्ट हुन सक्ने छ।

ग्रिजम्यानको नेमारसँग राम्रो सम्बन्ध छ कारण ग्रिजम्यानको काइलियन एम्बाप्पे संगको राम्रो मित्रता हो।