बार्सिलोनाले नेमार भन्दा लाउटारो मार्टिनेजमा प्राथमिकता दिने

बार्सिलोनाका प्रशिक्षक क्वेक सेटीनले संकेत गरेका छन् कि क्लब नेमारभन्दा लाउटारो मार्टिनेज भित्राउनेमा केन्द्रित हुने छ भनेर।

बार्साको नाम इन्टर मिलानका स्टार स्ट्राइकर लाउटारो मार्टिनेजमा र पिएसजी स्टार नेमारसँग जोडिएको छ, यद्यपि यी दुई मध्ये एक मात्र क्लबले खरीद गर्न सक्षम हुन सक्ने छ।

लाउटारोको बारेमा प्रस्न गर्दा, सेटीनले बताए: “लाउटारो एक राम्रो खेलाडी हुन् र बार्सिलोना सधैं राम्रो खेलाडी मा रुचि राख्छ।”

नेमारको बारेमा उनले गज्जेटा डेलो स्पोर्टलाई पनि भने: “€२२२ मिलियन नेमारको लागि? यो कुरा असम्भव छ।

“मलाई लाग्दैन कि कोहीले पनि यति धेरै खर्च गर्न सक्दछ। साना क्लबहरू अहिले संघर्ष गर्दै छन्।”