“बार्सिलोनाले नेमारलाई पुन: साइन गर्नु पर्छ”

अल साद्का कोच र पुर्व बार्सा स्टार जावीले बार्सिलोनाका पूर्व खेलाडी नेमारलाई फिर्ता गर्नेमा समर्थन गरेका छन् ।

बार्साले पिएसजीका स्टारलाई ठूलो प्रस्ताव राख्ने चर्चा हुँदै गरेको बेला जावीले आफ्नो विचार दिएका छन्।

“फुटबलमा उनि विश्वका शीर्ष तीन वा पाँच खेलाडीहरू मध्ये एक हुन्, कुनै शंका छैन। उनले इन्स्टाग्राममा भने

“उनले खेल्मा भिन्नता ल्याउन सक्छ्न।

“आशा गरौं उहाँ बार्सिलोना फिर्ता आउने छन् ।

“म बार्सिलोना फ्यान हुँ र म त्यहाँ राम्रो खेलाडीहरू चाहान्छु।

“उहाँ एक असाधारण हस्ताक्षर हुने छन् जसले फरक पार्ने छन्।”