बार्सिलोनाले नि: शुल्कमा चेल्सीका स्टार साइन गर्न सक्ने

बार्सिलोनाले नि: शुल्कमा चेल्सीका स्टार मिडफिल्डर साइन गर्न सक्ने खबर ।

खबर अनुसार चेल्सीका विलियन अर्को सिजन बार्सामा जान सक्ने छन्, उनको र चेल्सी बीचको सम्झौता अन्त्य हुने क्रममा छ यद्यपि चेल्सी उनलाई क्लबमा राख्न ३ वर्षको नयाँ सम्झौता दिन तयार छन् तर मिडफिल्डरले च्लेसी छोड्न सक्ने खबर छ।

विलियन अर्को महिना ३२ बर्स हुने छन् तर उनि अझै पनि चेल्सीको लागि राम्रो खेल्दै छन् र एक क्लबका महत्त्वपूर्ण खेलाडी हुन् तर स्काई स्पोर्ट्सका अनुसार चेल्सीको नयाँ प्रस्ताव बावजुद दुई बीच वार्ता हुन सकेको छैन र बार्साले उनलाई साइन गर्न सक्ने कुरा रहेको छ।

इन्टर मायामी र आर्सनलले पनि उनलाई साइन गर्न चासो देखाए पनि बार्सा उनलाई साइन गर्न नजिक रहेको खबर छ।