बार्सिलोनाको नापोलीमाथि सहज जित, ग्रीजम्यानले गरे गोल

प्रि सिजन अन्तर्गत आइतबार बिहान भएको खेलमा बार्सिलोनाले नापोलीविरुद्ध ४-० को सहज जित निकालेको छ।

एक तर्फि खेलमा बार्सिलोनाका नयाँ खेलाडि एन्टोनी ग्रीजम्यानले क्लवको लागि पहिलो गोल गरे। स्वारेजले २ गोल तथा डेम्बेलेले १ गोल गरे ।

खेलको पहिलो हाफ ०-० को बराबरीमा सकिएको थियो। दोस्रो हाफमा ४८औं मिनेटमा स्वारेजले पहिलो गोल गर्दै १-० को अग्रता दिए। त्यसपछि ५६ औं मिनेटमा ग्रीजम्यानले गोल गरे र बार्सिलोना २-० ले अगाडि रहे।

५८औं मिनेटमा स्वारेजले दोस्रो गोल गरे तथा ६३औं मिनेटमा डेम्बेलेले टिमको लागि चौथो गोल गर्दै बार्सिलोनाले नापोलीविरुद्ध ४-० को फराकिलो जित हासिल गरे।