बार्सिलोनाले नापोलीका स्टार डिफेन्डर साइन गर्न प्रयास गर्ने

ला लिगा क्लब बार्सिलोनाले नापोलीका स्टार डिफेन्डर कालिदौ कोलीबालीलाई साइन गर्न प्रयास गर्ने खबर छ।

बार्सा धेरै समय देखि उक्त स्टार डिफेन्डर साइन गर्न इच्छुक रहेको खबर छ र आउँदो समय उनलाई साइन गर्न बार्साले प्रयास गर्ने खबर छ। २९ वर्षका डिफेन्डरको नापोली सँगको सम्झौता २०२३ सम्म रहे पनि उनी क्लब छोड्न इच्छुक रहेको जानकारी छ।

बार्साले उनलाई शमूएल उम्मीतिको प्रतिस्थापनको रूपमा साइन गर्ने योजना बनाएको खबर छ तर उनलाई साइन गर्न सहज भने हुने छैन।

उनको लागि नापोलीले €५० देखि €६० मिलियनको माग गर्ने खबर छ भने उक्त माग बाबजुद धेरै ठुलो क्लबहरू उनलाई साइन गर्न प्रतिस्पर्धा गर्न तयार रहेको खबर छ।

लिभरपुल, म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी पनि उनलाई साइन गर्न इच्छुक रहेको खबर छ।

नापोलीको डिफेन्समा कोलीबालीको निकै राम्रो खेल रहेको छ भने उनी क्लबको एक महत्त्वपूर्ण खेलाडी बनेका छन्। उनको प्रदर्शनले धेरै क्लबहरूको ध्यान आकर्षित गरेको छ।

बार्साले हालै मात्र म्यान सिटीका युवा डिफेन्डर एरिक गार्सियालाई फ्री एजेन्टको रूपमा साइन गरेको छ र अब बार्साको नजर नापोलीका स्टार डिफेन्डरमा रहेको चर्चा छ।