बार्सिलोनाले टोटेनह्यामको दुई खेलाडी साइन गर्न सक्ने

टोटेनह्यामका जोडी टंगी एनडोमबेले र रायन सेसेग्नोनको नाम बार्सिलोनासँग जोडीएको छ।

खबर छ कि बार्सिलोनाले स्पर्सलाई आफ्नो केहि खेलाडी दिएर टंगी एनडोमबेले र रायन सेसेग्नोन साइन गर्न प्रयास गर्न सक्ने छ।

लियोनेल मेस्सी, मार्क-आंद्रे टेरे स्टेगेन र फ्रेन्की डि जोङ्ग बाहेक आफ्नो अन्य खेलाडी बार्सा बेच्न तयार रहेको खबर छ ।

फिलिप काउटिन्हो, नेल्सन सेमेडो, इभान रकिटिक र शमूएल उम्तितीहरु बार्साले बेच्न सक्ने खेलाडी रहेको कुरा छ ।

र काउटिन्हो इंग्ल्याण्डमा फर्कने उत्सुक रहेको कुरा आउंदा बार्साले उक्त दुई खेलाडी साइन गर्न काउटिन्हो दिन सक्ने खबर छ।