बार्सिलोनाले तोक्यो म्याल्कमको मूल्य- एवर्टन र आर्सेनल साइन गर्ने दौडमा

बार्सिलोनाले म्याल्कमको मूल्य सेट गरेको छ। अर्को सिजन उनलाई जान दिन बार्सिलोनाले आफ्नो मूल्य तोकेको हो। म्याल्कम क्लब छोड्ने तयार रहेको र उनि माथि एवर्टन र आर्सेनलको चासो रहेको खबर आउदै गर्दा बार्सिलोनाले उनको लागि £५४ मिलियन माग्ने भएको छ।

दुवै क्लब ४५ मिलियन भन्दा बढी खर्च गर्ने सोच नरहेको र उनलाई लोनमा किन्न सक्ने सम्भावना पनि रहेको खबर छ।