बार्सिलोनाले च्याम्पियनस लिग जित्न नसक्नुमा मेस्सी दोषी ठहर

भ्यान गालले बार्सिलोना स्टार लिओनेल मेस्सीले धेरै च्याम्पियनस लिग जित्नु पर्नेमा जोड दिएका छन् । कटालान्सले २०१५ पश्चात नै यूरोपियन सान च्याम्पियनस लिग जितेका छैनन् । उनि भन्छन रियल मड्रिड र रोनाल्डोले ४ मध्यको ३ ज्तेका छन् । २०१५ देखि कुनै च्याम्पियन लिग नजित्नु निकै लज्जास्पद रहेको उनको भनाइ छ ।

भ्यान गालको अनुसार मेस्सी आफैमा चकित हुनुपर्ने हो आखिर के कारण आफुले कप्तानी पदमा रहदा समेत कुनै च्याम्पियनस लिग २०१५ पश्चात हासिल गर्न सकिरहेको छैन ।

एल पाइसको अन्तर्वार्तामा बताउदै गालले आफुलाई ब्यक्तिगत रुपमा मेस्सी मनपर्ने तर टिमको साथ् मेस्सीको खेलमा प्रभावित भने हुन नसकेको बताए । उनले कप्तान भएको हैसियतले आफु किन ५ बर्ष देखि च्याम्पियन लिग जित्न सकिरहेको छैन बुज्नु जरुरी रहने बताएका छन् ।

बार्सिलोनासंग उत्कृस्ट टिम छ तर मेस्सी आफैले उक्त हार र ट्रफीबाट चुक्नुमा आफैले उक्त श्रेय लिनु पर्नेछ जिम्मा लिनु पर्नेछ ।