“बार्सिलोनाले ग्रिजम्यानको अपमान गरेको छ”

एन्टोनी ग्रिजम्यानका बुबाले एटेलिको म्याड्रिडसँग २-२ को बराबरीको खेल पछि बार्सिलोना कोच क्विक सेटीनको आलोचना गरेक छन् ।

एन्टोनी ग्रिजम्यानलाई उक्त खेलको ९१ मिनेटमा मात्र मैदान भित्राए पछि सेटीनको धेरै आलोचना भएको थियो भने उनले ग्रिजम्यानलाई अपमान गर्न ९१ मिनेटमा मात्र उनलाई भित्राएको कुरा अस्वीकार गरे ।

ग्रिजम्यानका बुबा, एलेन क्विक सेटीनको दावीबाट क्रोधित भए र उनले सामाजिक संजाल लेखे: “यस प्रकारको कुराकानी गर्न तपाईंसँग ट्रकको चाबी हुनु आवश्यक छ र यो त्यस्तो होइन, उनि केवल एक यात्री हो।”

तर केहि मिनेट पछि, उनले सामाजिक मिडियाबाट उक्त पोष्ट हटाए।

ग्रिजम्यानका भाइले पनि पोष्ट गरेका थिए: “यसले मलाई रुन्छ, मात्र २ मिनेट …”