बार्सिलोनाले गुमायो १६ बर्षका ‘वण्डर किड’

बार्सिलोनाले आफ्नो एकेडेमीका १६ बर्षिए ‘वण्डर किड’ लाई गुमाएको छ। १६ बर्षिय जाभी साइमन्सले बार्सिलोना छोडेको र येसले बार्सिलोनाको भविष्यमा ठुलो असर पर्ने कुरा हुदै गरेको छ ।

बार्सिलोनाको एकेडेमी ला मासियाका चर्चित खेलाडी रहेका जाभीले आफ्नो सामाजिक संजाल मार्फत मंगलबार बार्सिलोना छोडेको घोषणा गरेका हुन ।

नेदरल्याण्डसका यी युवा मिडफिल्डरलाई भविष्यका उत्कृष्ट खेलाडीको रुपमा हेरिएको छ । उनलाई बार्सिलोनाको एकेडेमीका अतिनै राम्रो सम्भावना बोकेका खेलाडीको रुपमा हेरिदै आएको थियो ।

जाभी बार्सिलोना छोडेर फ्रेन्च क्लब पिएसजी गएका छन् । पिएसजीले जाभीलाई २०२२ सम्मका लागि सम्झौता गरेको घोषणा गरेको छ ।

रिपोर्टका अनुसार बार्सिलोनासँग पैसामा कुरा नमिलेर जाभीले क्लब छोडेका छन् । बार्सिलोनाले उनलाई बार्षिक एक लाख युरो दिने र आउदो सिजनमा बार्सिलोना ‘ए’ टिममा प्रमोशन गर्ने अफर गरेपनि उनी र उनका एजेन्टले अश्विकार गरेको उल्लेख गरिएको छ ।

बार्सिलोनाले जापानिज मेसीका नामले चर्चित टेकफुसा कुबोलाई गुमाएको केहि साता पछि अर्को आफ्नै एकेडेमीमा तयार भएका उत्कृष्ट खेलाडीलाई गुमाएको छ । कुबोले केहिसाता अघिमात्र रियल म्याड्रिडसँग सम्झौता गरेका थिए ।

साइमन्सले आफ्नो बिदाइ सन्देशमा भनेका छन्,’आजको दिन त्यति सजिलो छैन । गुडबाई भन्नु जीवनकै कठिन काम हो । अहिले मेरो गुडबाई भन्ने पालो आएको छ । ९ बर्ष अगाडी बार्सिलोनाको यू-८ खेलाडीको रुपमा बार्सिलोनाको जर्सी लगाउने अवसर पाउदा मेरो सपना पुरा भएको थियो । यी बर्षहरुमा मैले धेरै जिते र हारेपनि । मैले बार्सिलोनामा बिताएका हरेक पल सम्झिरहने छु । मैले अहिलेलाई नयाँ सुरुवात गर्न बार्सिलोनाबाट टाढा जादै छु । क्लब र फ्यानहरु सधै मेरो हृदयमा हुनेछन ।’