बार्सिलोनाले गर्‍यो ग्रीजम्यानलाइ सार्वजनिक

बार्सिलोनाले एन्टोइन ग्रीजम्यानलाइ आधिकारिक रुपमा सार्वजनिक गरेको छ ।

बार्सिलोनाले दुई दिन अघि ग्रीजम्यानलाइ १०८ मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबन्ध गर्ने पक्का गरेको थियो ।

बार्सिलोनामा सार्वजनिक भएसँगै ग्रीजम्यानले आधुनिक फुटबलका हस्ती लियोनेल मेस्सीसँगै बार्सिलोनाबाट खेल्न पाउनुमा निकै उत्साहित रहेको बताएका छन् ।

‘म धेरै खुशी छु । म यहाँ नयाँ सहयात्री र टिमसँगै रहेर क्लबको लागि त्याग गर्न सक्छु ।’ ग्रीजम्यानले भने, ‘नयाँ क्लबमा पक्कै पनि मलाई यहाँ चुनौती छ । यो चुनौती सामना गर्न तयार छु ।’ उनले क्लबको लक्ष्य ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिग जित्नु हो । त्यसैका लागि हामी समर्पित हुने बताए ।

ग्रीजम्यानका वकिलले ला लिगाको मुख्यालयमा शुक्रबार सम्झौतामा तोकिएअनुसारको रिलिज क्लज बराबरको रकम तिरेपछि लामो समयदेखि ग्रीजम्यानको बार्सिलोना जाने प्रक्रिया पूरा भएको थियो ।