बार्सिलोनाले खेलाडी साट्नेमा प्राथमिकता दिने

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले बताए कि बार्साले यस गर्मीमा खेलाडी साट्नेमा प्राथमिकता दिने छन।

पिएसजीका स्टार नेमार र इन्टर मिलानका स्ट्राइकर लौटारो मार्टिनेज दुबै बार्सिलोना संग जोडिएका छन् तर जोसेप मारिया बार्टोमेउले बताए कि क्लबले हाल खेलाडी स्वाप डिलमा मात्र खेलाडीहरु साइन गर्ने छ।

“मैले यो पहिले नै भनिसकेको छु कि कोरोनाभाइरस महामारीले धेरै परियोजनाहरु र रणनीतिहरुलाई प्रभावित गरेको छ,” उनले भने।

“यदि खेलाडीहरू स्वाप डिलमा आउँदैनन् भने क्लबको लागि खेलाडीहरू हस्ताक्षर गर्न लगभग असम्भव हुने छ ।

“हामीले इन्टरसँग कुरा गर्यौं, केहि हप्ता अघि।

“हाल कुनै खुला कुराकानी छैन, विषय अहिलेको लागि रोकिएको छ।”