
स्पेनिस क्लब बार्सिलोना आफ्नो एकेडेमी र युवा फुटबल विकासको लागि धेरै प्रसिद्ध छ र खबर अनुसार बार्साको नजर नयाँ वन्डरकिडमा रहेको छ। उरुग्वेका फोवार्ड निकोलस सिरी माथि बार्साको निगरानी रहेको खबर छ र उनलाई साइन गर्ने क्लबको योजना रहेको खुलेको छ।
Barcelona, with very good contacts and informants in Uruguayan football, are attentive to the evolution of Danubio forward Nicolás Siri (16). [md] pic.twitter.com/4RJyHYunAv
— barcacentre (@barcacentre) March 20, 2021
१६ वर्षीय निकोलस सिरीको खेल हाल उरुग्वेयन प्राइमरा डिविसियनमा निकै राम्रो रहेको छ। हाल उनी उरुग्वेको डानुबियो एफसीमा खेल्दै छन्, उनले आफ्नो अन्तिम दुई खेलमा ४ गोल गरेका छन् र र बार्साको स्काउटको नजर उनीमा रहेको खुलेको छ।
16-year-old Nicolas Siri scored on his debut for Danubio FC last weekend. The club had a must-win game on Friday.
Siri became the youngest South-American in football history to score a hat-trick, beating Diego Maradona and Pelé. He’s now linked with Barcelona 👏 🇺🇾 pic.twitter.com/Q0osfMnL7B
— GiveMeSport (@GiveMeSport) March 20, 2021
धेरैले उनको तुलना उरुग्वेका लेजेण्ड अल्वारो रिकोबा सँग गर्न सुरु गरेको छ। बार्साले उनी १८ वर्ष पुगे पछि मात्र उनलाई साइन गर्ने कुरा छ भने उनी माथि निगरानी भने जारी रहने छ।
Nicolás Siri scored the perfect hattrick for Danubio today.
Good header ✅
Delicate chip with his left-foot ✅
Clean strike with his right-foot ✅16-years-of-age. He is the real deal.pic.twitter.com/V81e0Rwbl5
— Warriors of Uruguay (@UruguayHeroes) March 19, 2021
खबर छ कि बार्सिलोनाको उरुग्वेमा केही राम्रो सम्पर्कहरू छ जसको कारण उनी सँग सम्झौतामा सहमत हुने कुरामा बार्सा विश्वस्त छन्, तर उनी १८ वर्ष नपुगे सम्म बार्साले पर्खनु पर्ने छ। १८ वर्ष पुगे पछि उनी स्पेनमा सर्न र पहिलो टिममा डेब्यू गर्न कानुनी रूपमा योग्य हुने छन् ।