बार्सिलोनाले गत महिना एंड्रेस इनिएस्टालाई पुन: साइन गर्न प्रयास गरेको खुलासा भएको छ।
स्पोर्टको अनुसार बार्सा भिस्ले कोबे मिडफिल्डर इनिएस्टा सँग सम्पर्कमा थिए र उनलाई बार्सा फिर्ता आउन आफु खुला रहेको वा नरहेको बारे बार्साले प्रस्न गरे।
📰 [SPORT] | Barcelona tried to bring Iniesta back on loan last month.
🔷 Barça got in touch with Iniesta to ask whether he would be open to a return. The plan was to do this on a short-term loan deal but Vissel weren’t keen. pic.twitter.com/nNhlFKUYEz
— BarçaTimes (@BarcaTimes) February 8, 2020
बार्साको योजना छोटो अवधिको लोन सम्झौतामा गर्ने थियो तर भिस्ले उत्सुक थिएनन्। इनिएस्टाको जापान सम्झौता दुई वर्ष थियो, उनि क्लब कप्तान र स्टार हुन्।
Barcelona failed in sensational move to bring Andres Iniesta back on loan from Vissel Kobe https://t.co/iP864hXIkn
— Sun Sport (@SunSport) February 9, 2020
एसियन च्याम्पियन्स लिग पनि सुरु हुन लागेको छ सो कारण पनि सम्झौता हुन नसकेको खबर छ।
इनिएस्टा पनि कोबे मा ईतिहास बनाउन जारी राख्न र सम्झौताको सम्मान गर्न चाहन्थे। समय समाप्त भएपछि, उनि फुटबल कोचको रूपमा आफ्नो क्यारियर शुरू गर्न चाहन्छन्।