बार्सिलोनाआयाक्सका फुल ब्याक साइन गर्न धेरै नजिक पुगेको खबर छ। खबर अनुसार बार्सा र आयाक्सका फुल ब्याक सर्जिनो डेस्ट बीच व्यक्तिगत सर्तहरू सहमति भएको छ र अब बार्सा र आयाक्स बीच ट्रान्सफर रकमको छलफल हुदै गरेको छ।
Barcelona have reached an agreement with Ajax to sign USMNT right-back Sergino Dest for an initial €20m, sources have confirmed to Goal 🤝 pic.twitter.com/r9edNzDFDu
— Goal (@goal) September 23, 2020
१९ बर्षेका डिस्टले गत सिजन सफल अभियानको आनन्द उठाए, गत सिजन उनले आयाक्सका लागि ३६ खेल खेले र सो क्रममा ६ असिस्ट पनि गरे।
उनको प्रदर्शनको कारण उनि हाल फुटबलको एक उत्कृष्ट राइट ब्याकको रुपमा अगाडी आएका छन्। उनको लागि आयाक्सले €२० मिलियनको माग गरेको खबर छ जुन बार्सा तिर्न तयार रहेको कुरा छ।
Last updates… after personal terms agreed 10 days ago with Bayern Münich, Sergiño Dest is now really, really tempted by Barcelona bid. Both clubs are still in the race/in talks with Ajax, but Dest himself is now seriously considering Barça as next destination. 🚨 #Dest #FCB
— Fabrizio Romano (@FabrizioRomano) September 23, 2020
उनले आफ्नो राष्ट्रिय टिमको लागि पनि ३ खेल खेलेका छन्। १९ वर्षका अमेरिकन फुल-ब्याक हाल उत्कृष्ट युवा खेलाडीहरु मध्ये एक हुन्। नेल्सन सेमेडोको बिक्रि बाची बार्सा उनलाई साइन गर्न सक्रिय भएका थिए। उनलाई साइन गर्न सिटी, चेल्सी र बायर्न म्युनिखले पनि चासो देखाएको छ।