बार्सिलोनाले आफ्नो १२ खेलाडीहरु बेच्ने

बार्सिलोनाले आफ्नो १२ खेलाडीहरूलाई स्थानान्तरण सूचीमा राखेका छन र आउँदो सिजनको लागि क्लबमा खेलाडी अफलोड गर्ने योजना बार्साको रहेको छ।

क्याटालान क्लब इन्टर मिलानका स्टार स्ट्राइकर मार्टिनेजलाई साइन गर्न रकम जम्मा गर्न कोशिस गरिरहेका छन् जो बार्साको उच्च प्राथमिकता लक्ष्य रहेको छ ।

नतिजाको रूपमा, बार्साले आफ्नो १२ खेलाडी बेच्ने खबर छ।

बिक्रि गर्न सुचीमा रहेका खेलाडीमा गोलकीपर नेटो, डिफेन्डर नेल्सन सेमेडो, जुनियर फिर्पो, शमूएल उम्तिती र जीन-क्लेयर तोडीबो रहेका छन्।

मिडफिल्डबाट बिक्रि हुने खेलाडीहरू आर्टुरो भिडाल, कार्लस एलेना, राफिनहा र इभान राकिटिक रहेका छन्।

जबकि आक्रमणकारीहरूमा ओस्माने डेम्बेले, मार्टिन ब्रेथवेट र फिलिप काउटिन्हो रहेका छन्।