बार्सिलोनाले आफ्नो स्टार फोवार्ड बेच्ने

बार्सिलोना आफ्नो स्टार विंगर ओस्माने डेम्बेलेलाई बेच्न तयार हुने खबर छ भने बार्साले उनको मूल्य पनि सेट गरेको छ।

सिजन सुरु हुन अगाडी उनलाई साइन गर्न म्यानचेस्टर युनाइटेड धेरै नजिक रहेको थियो तर अन्तिम समयमा सो ट्रान्सफर असफल भएको थियो। हाल ट्रान्सफर विन्डो खुलेको छ र बार्साले उनलाई बेच्ने योजना बनाएको खबर छ र उनको लागि बार्साले €५० मिलियन माग्ने जानकारी छ।

बार्सिलोनाले २०१७ मा फ्रान्सेली खेलाडीको लागि बोरुसिया डोर्टमन्डलाई £१२० मिलियन तिरेको थियो र हाल खबर अनुसार उनलाई बेच्न बार्सा तयार हुने छ। बार्साले उनलाई नेमारको विकल्पको रुपमा साइन गरेको थियो तर क्लबमा उनको समय बिर्सिने लायक रहेको छ।

बार्साका अध्यक्ष जोन लापोर्टा उक्त विंगरलाई गुमाउन चाहँदैनन्, तर दुई बीच सम्झौता विस्तार हुन सकेको छैन र सम्झौता विस्तार चाडै नभए बार्साले उनलाई बेच्ने छ भने हाल बार्साले उनको मूल्य घोषणा गरेको छ।