बार्सिलोनाले आफ्नो स्टार खेलाडी संगको सम्झौता रद्द गर्ने

स्पेनका रिपोर्टहरु अनुसार बार्सिलोनाका स्ट्राइकर लुइस सुआरेजलाई नयाँ प्रबन्धक रोनाल्ड कोमनले क्लबमा उनको भविष्य नरहेको भनेर बताएको छ।

बार्सिलोनामा उनको वर्तमान सम्झौतामा एक बर्ष बाँकी रहेको छ र ३३ वर्षीय स्टारले २०१९/२०२०मा क्याटालान क्लब संग ३६ खेलमा २१ गोल गरे। तर उनको राम्रो प्रदर्शन बाबजुद पनि, आउने दिनमा उहाँ नि: शुल्क ट्रान्सफरमा क्लब छोड्ने सम्भावना बढ्दो रहेको छ।

स्पेनिश प्रकाशन आरएसी १को दाबी छ कि कोमन संग सोमबार सुआरेजको फोनमा कुरा भएको थियो। रिपोर्टको अनुसार अर्को चरणमा सुआरेजका वकिलहरू क्लबमा उनको सम्झौताको समाप्तिका लागि वार्ता गर्न छन्।

गत हप्ता, सुआरेजले बार्सिलोनाको वर्तमान स्थानान्तरण अवस्थाको बारेमा कुरा गरे हाल क्लबले आफ्नो केहि अनुभवी खेलाडी बेच्ने निर्णय लिने खबर छ जोर्डि अल्बा र सेरियो बुस्केट्स लगायतका धेरै अनुभवी खेलाडीहरू अफलोड गर्न बार्साको योजना रहेको जस्मा सुआरेज पनि पर्ने देखिन्छ ।