बार्सिलोनाले आफ्नो स्टार डिफेन्डर बेच्ने

बार्सिलोनाले आफ्नो स्टार डिफेन्डरको बिक्री गर्ने खबर छ।

स्पोर्टका अनुसार बार्साले आफ्नो फ्रान्सेली डिफेन्डर स्यामुएल उम्तितीलाई बेच्ने निर्णय गरेको छ। उनको बिक्रिबाट केहि रकम भित्राउने बार्साको योजना रहेको खबर छ।

गत गर्मी को विन्डोमा पनि उम्तितीलाई बार्साले बजारमा उपलब्ध बनाएका थिए तर फिटनेस समस्याको कारण बार्साले उनलाई बेच्न सकेनन।

यद्यपि उनले यस सिजनमा केहि स्थिरता देखाएका छन् र उनलाई बेच्न यो उपयुक्त समय हुने बार्साको सोच छ।

उनको लागि अज्ञात क्लबबाट पहिले नै एउटा प्रस्ताव छ, तर यस्तो देखिन्छ कि म्यानचेस्टर युनाइटेडले उनलाई साइन गर्ने छ।

बार्सा आउँदो गर्मीमा €१५० मिलियन ल्याउन चाहन्छ र स्यामुएल उम्तितीलाई बेच्न त्यो योजनाको लागि महत्वपूर्ण हुनेछ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ