बार्सिलोनाले आफ्नो युवा स्टार बेच्न सक्ने

ला लिगा क्लब बार्सिलोना आफ्नो युवा मिडफिल्डर इलाक्स मोरिबालाई बेच्न सक्ने खबर छ। १८ वर्षका युवा प्रतिभा मोरिबा र बार्सिलोना बिचको सम्झौतामा मात्र १ बाँकी रहेको छ र खबर अनुसार आउँदो गर्मीको ट्रान्सफर विन्डोमा बार्सा उनलाई बेच्न तयार हुन सक्ने छन्।

१८ वर्षका इलाक्स मोरिबा हाल फुटबलको उत्कृष्ट वन्डरकिडहरू मध्ये एक हुन् र यो सिजन ला लिगामा अलाभेसबिरुद्ध बार्सिलोनाको जर्सीमा ला लिगामा उनले डेब्यु गरेका थिए उनको खेलको निकै प्रशंसा भएको थियो र अलाभेसविरुद्ध ट्रिनकाओले गरेको गोलका लागि उनले पास उपलब्ध गराएका थिए।

उनको खेल पछि धेरैको विश्वास उनी बार्साको भविष्य हुने रहेको थियो तर हाल खबर अनुसार बार्सा उनलाई बेच्न तयार हुन सक्ने छ। २०२०/२१ सिजनमा उनले बार्साको साथ १८ खेल खेले भने उनले १ गोल पनि गरे।

हालको आर्थिक अवस्थाको कारण पनि बार्सा उनलाई बेच्न इच्छुक हुने जानकारी छ भने उनलाई साइन गर्न प्रिमियर लिग क्लबहरू इच्छुक छन्।  म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र चेल्सीको नजर युवा प्रतिभामा रहेको जानकारी छ र उनी उपलब्ध भए साइन गर्ने उक्त क्लबहरूको योजना रहेको खबर छ।