बार्सिलोनाले आफ्नो युवा डिफेन्डर बेच्न सक्ने

BARCELONA, SPAIN - FEBRUARY 15: (L-R) Sergi Roberto of FC Barcelona, Antoine Griezmann of FC Barcelona, Ansu Fati of FC Barcelona, Lionel Messi of FC Barcelona celebrates goal 1-0 during the La Liga Santander match between FC Barcelona v Getafe at the Camp Nou on February 15, 2020 in Barcelona Spain (Photo by David S. Bustamante/Soccrates/Getty Images)

ला लिगा क्लब बार्सिलोनाले आफ्नो युवा डिफेन्डर जुनियर फिर्पोलाई बेच्न सक्ने खबर छ। हाल उनलाई साइन गर्न इटालियन क्लब एसी मिलान इच्छुक रहेको छ र फिर्पोको ट्रान्सफर बारे दुई क्लब बिच वार्ता सुरु भएको जानकारी छ।

ए सी मिलान धेरै समय देखि जुनियर फिर्पो साइन गर्न इच्छुक रहेको थियो भने हाल उनलाई साइन गर्न मिलानले आफ्नो प्रयास तीव्र गरेको छ। उनलाई बेच्ने वा नबेच्ने बारे भने बार्सिलोनाले निर्णय लिन बाँकी रहेको छ। एसी मिलान उनलाई लोनमा भए पनि साइन गर्न इच्छुक रहेको खबर छ।

उनको एजेन्ट सँग हाल मिलानको पनि वार्ता भएको खुलेको छ। धेरै क्लबहरू उनलाई साइन गर्न इच्छुक छन्, तर मिलान सो दौडमा धेरै अगाडी रहेको दाबी छ। बार्साको मानसिकता उनलाई स्थायी रूपमा बेच्नु वा उनी सँग अन्य खेलाडी साट्ने रहेको खबर छ।

एसी मिलान हाल ट्रान्सफर विन्डोमा केही सक्रिय देखिन्छ। रियलका ब्राहिम डियाज सँग मिलानले लोन सम्झौता विस्तार गरेको छ भने हाल बार्साका युवा डिफेन्डर साइन गर्ने मिलानको प्रयास रहेको छ।