बार्सिलोनाले आफ्नो दुई स्टार खेलाडी बेच्ने

बार्सिलोनाका अध्यक्ष जोन लापोर्टा गर्मीको ट्रान्सफर विन्डोमा आफ्नो दुई खेलाडी बेच्ने तयारमा रहेको खबर छ। खबर अनुसार सर्जियो बुसकेट्स र जोर्डी अल्बालाई बेच्ने योजना बनाएको छ।

बार्सा हालको आर्थिक अवस्थामा खर्च कम गर्न चाहन्छ र नयाँ खेलाडी साइन गर्न खेलाडीहरू बेच्न पर्ने बाध्यतामा रहेको छ। खबर अनुसार सर्जियो बुसकेट्स र जोर्डी अल्बालाई बेच्न बार्साको योजना छ। उक्त दुई खेलाडीको तलबको कारण बार्साले सो निर्णय लिने जानकारी छ

सर्जियो बुसकेट्स २००८ देखि बार्सामा रहेका छन् भने अल्बालाई बार्साले २०१२मा भ्यालेन्सियाबाट साइन गरेको थियो।

सर्जियो बुसकेट्सको यो सिजन ४५ खेलमा ४ असिस्ट रहेको छ भने ३२ वर्षका मिडफिल्डरको बार्सा सँग २०२३ सम्म सम्झौता रहेको छ।

३२ वर्षका लेफ्ट ब्याक अल्बाको सम्झौता बार्सा सँग २०२४ सम्म रहेको छ। यो सिजन उनले ४५ खेलमा ५ गोल गर्दै  १५ असिस्ट प्रदान गरेका छन्।

दुईको तलबको लागि बार्साले कुल €१४ मिलियन खर्च गर्ने गरेको छ र दुईलाई बेचेर सो रकम बचाउने बार्साको योजना रहेको छ।