च्याम्पियन्स लिगको क्वाटर फाइनलमा बायर्न म्युनिखसँग लजास्पद हार पछि बार्सिलोनाले आफ्नो टिममा ठुलो परिवर्तन गर्ने देखा परेको छ । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले बार्सिलोनालाई शुक्रबार भएको खेलमा ८-२ ले पराजित गरे पछि बार्साले द्रुत निर्णय लिने तिर जाने खबर छ ।
Barcelona will listen to offers for France forward Antoine Griezmann, just a year after he arrived from Atlético Madrid for £107m. (Source: SPORT) pic.twitter.com/T01jEV68la
— Transfer News Live (@DeadlineDayLive) August 17, 2020
पराजित भएसँगै बार्सिलोनाले आफ्नो प्रशिक्षक सेटिन बर्सास्त गरिसकेको छ । यसका साथै बार्सिलोनाले आफ्नो टोलीमा व्यापक परिवर्तन गर्ने उदेश्याले केही खेलाडी बेच्ने चर्चा चलेकाे छ । यद्यपि बार्सिलोना छाड्ने चर्चामा रहेका टिमका क्याप्टेनसहित ५ खेलाडीप्रति भने बार्सिलोना नरम बनेको छ ।
Ajax have spoken to Barcelona about the possibility of re-signing Luis Suárez.
The striker’s future is in doubt with a summer upheaval expected at Camp Nou.
(Source: De Telegraaf) pic.twitter.com/VmQnBmbj4q
— Transfer News Live (@DeadlineDayLive) August 17, 2020
बार्सिलोनाले लुइस स्वारेज, जोर्डी अल्बा, सामुइल उम्टिटी, इभान राकिटिक, एन्टोनियो ग्रिजमेन र ओसमाने डेम्बेले जस्ता चलेका खेलाडी बिक्रि गर्ने मनस्थितीमा पुगेको स्पेनको एक पत्रिकामा उल्लेख छ ।
खबर अनुसार स्वारेजलाई बेचेर उस्को स्थानमा बार्सिलोनाले इन्टर मिलानका लाउटारो मार्टिनेज ल्याउने मनस्थितीमा छ । त्यस्तै अल्भासँग बार्सिलोनाको सम्झौता २०२४ सम्म भएपनि उसलाई बिक्री गर्ने योजनामा क्लव रहेको छ ।
इभान राकिटिकलाई भने उनकै पूर्व टोली सेभिल्लाले किन्न चाही रहेको छ । डेम्बेले भने चोटका कारण खेलमा उत्रिन सकिरहेका छैनन् । उनलाई पनि क्लवले बेच्न चाही रहेको छ । उम्टिटीको प्रदर्शनभन्दा उनको खराब व्यवहारका कारण क्लवले उनलाई बेच्न चाहेको पत्रिकामा उल्लेख छ । टिमका क्यापटेन लियाेनल मेस्सी पनि आफ्नो टिमप्रति सन्तुष्ट छैनन् । उनी पनि क्लवले ठूलै निर्णय नगरे क्लव छाड्ने पक्षमा छन् ।