बार्सिलोनाले अर्लिङ हलान्डलाई आफ्नो ट्रान्सफर प्राथमिकता बनाउने

बार्सिलोना डार्टमन्डका स्टार स्ट्राइकर अर्लिङ हलान्डको साथ सम्पर्कमा रहेको खबर छ। खबर अनुसार बार्साको अर्लिङ हलान्डको शिविरमा सम्पर्कमा रहेको छ र आउँदो ग्रीष्मकालीन विन्डोमा उनलाई प्राथमिकता बनाउने बार्साले स्पष्ट गरेको जानकारी छ।

यद्यपि, बार्साले हलान्डलाई आफ्नो अर्को गन्तव्यको निर्णय लिन अघि कुर्नु अनुरोध गरेको खबर छ। खबर अनुसार उनलाई साइन गर्न बार्सा आफ्नो खेलाडीहरू बेच्ने योजनामा र खेलाडीहरूको बिक्रीबाट रकम जम्मा गर्ने बार्सालाई केही समयको आवश्यक हुने छ।

डार्टमन्डले उनको लागि €१८० मिलियनको माग गर्ने खबर छ। अन्य धेरै क्लब पनि उनलाई साइन गर्न इच्छुक रहेको खबर छ। रियल र म्यान सिटी उनलाई साइन गर्न धेरै इच्छुक रहेको चर्चा हुँदा बार्साले पनि उनलाई आफ्नो प्राथमिकता बनाउने जानकारी छ।

डार्टमन्डका स्टार स्ट्राइकर अर्लिङ हलान्डको हाल खेल निकै राम्रो रहेको छ भने च्याम्पियन्स लिगमा उनको गोल स्कोरिंग रेकर्ड निकै उत्कृष्ट रहेको छ।