“बार्सिलोनालाई हराउँदा ठूलो आनन्द आउँछ”

रियल म्याड्रिडका कप्तान सर्जियो रामोस भन्छन कि बार्सिलोनाको बिरुद्ध आइतवार रातको एल क्लासीकोमा सिटीबिरुद्धको हारले प्रभाव पर्दैन।

रियाल म्याड्रिडले बार्सा संग सान्टियागो बर्नबेउ स्टेडियममा खेल्ने छ, उक्त खेलले यस सिजनको ला लिगा सान्तेन्डर ट्रफीको गन्तव्यको निर्णय गर्न सक्दछ।

“यो कुनै खेल मात्र होईन,” रामोसले लालिगालाई भने।

“तीन अंकको मात्र खेल भए पनि, एल क्लासीको खेल जस्तो अरू कुनै छैन। बार्सिलोनालाई हराउँदा ठूलो आनन्द आउँछ।

“अझ बढी, यो खेलले हाम्रो मनोबलमा सकारात्मक प्रभाव पार्दछ।

“दुबै टोलीलाई यो थाहा छ कि यो त्यस्तो खेलहा जहाँ हामीले उत्कृष्ट गर्नुपर्दछ हामीले यसलाई प्रोत्साहनको रूपमा परिणत गर्न सक्छौं जस्ले तपाईंलाई जीतमा पुर्‍याउँछ।

“हप्ताको सुरूबाटै, सम्पूर्ण अनुभव फरक हुन्छ। यसले धेरै मिडियाको ध्यान आक्रर्षित गर्छ।  अरु एक मुख्य कुरा जस्ले यो खेल यति ठूलो बनाउँछ, त्यो दुबै टिमको खेलाडीहरु हो… यो खेलमा प्राप्त हुने भावना भित्रबाट आउँछ, यो व्याख्या गर्न वास्तवमै गाह्रो छ। ”

यो खेल पछि रामोस सबै भन्दा बढी क्लासीको खेल्ने खेलाडी बन्ने छन्, उनले हाल सम्म ४५ क्लासीको खेलका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ