बार्सिलोनालाई प्रिमियर लिगका स्टार साइन गर्न आग्रह

पूर्व एस्टन भिल्ला मिडफील्डर पॉल मर्सनले बार्सालाई हाल भिल्लाका स्टार रहेका ज्याक ग्रेलीश साइन गर्न आग्रह गरेका छन्।

यो सिजन ग्रेलीशको निकै राम्रो फम रहेको छ र यो सिजन क्लब संग उनको नाममा सात गोल र बाह्र असिस्ट रहेको छ। उनी एस्टन भिल्लाको एक मुख्य खेलाडीको रूपमा रहेका छन् र भिल्लाले ठुलो टिमहरू संग जित हासिल गर्दा ग्रेलीशको उक्त जितहरूमा निकै ठुलो भूमिका रहेको छ।

ज्याक ग्रेलीशको प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन पछि ठुलो क्लबहरूको नजर उनी माथि रहेको छ भने पूर्व भिल्ला मिडफील्डर पॉल मर्सनले बार्सालाई प्रिमियर लिगका स्टार साइन गर्न आग्रह गरेका छन्।

पॉल मर्सनका अनुसार आउँदो ट्रान्सफर विन्डोमा बार्सिलोनाले ज्याक ग्रेलीशलाई आफ्नो मुख्य लक्ष्य बनाउनु पर्छ।

भिल्ला र ज्याक ग्रेलीश बिच २०२५ सम्म सम्झौता रहेको छ र उनको नाम अर्सेनल, म्यान्चेस्टर युनाइटेड र रियल जस्तो क्लब संग जोडिएको छ। भिल्लाले उनको लागि £१०० मिलियन भन्दा बढीको माग गर्ने खबर छ।