बार्सिलोनालाई पोग्बा किन्न मेस्सीको आग्रह, येस्तो छ कारण

बार्सिलोनाका कप्तान लिओनल मेस्सीले फ्रेन्च खेलाडी पाउल पोग्बा भित्र्याउन क्लबलाई सुझाव दिएका छन् । स्पेनिस मिडिया रिपोर्टअनुसार मेस्सीले आगामी जनवरीमै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी भित्र्याउन सुझाव दिएका हुन् ।

मेस्सीले २५ वर्षीय विश्वकपविजेता पोग्बा ठूला प्रतियोगितामा मुख्य हतियार बन्ने निचोडसाथै उनलाई भित्र्याउँदा बार्सिलोनामा आक्रामक मिडफिल्ड तयार हुने बुझेका छन् ।

 

मिडफिल्डमा फिलिपे कोउटिन्हो र पोग्बाजस्ता खलाडी हुँद बार्सिलोना थप मजबुत बन्ने अपेक्षा मेस्सीले गरेका छन् ।
बार्सिलोनाले गत समर सिजनमै पोग्बा भित्र्याउन प्रयास गरेको थियो । तर, त्यसबेला युनाइटेडले आफ्ना खेलाडी बेचेन ।

बार्सिलोनामा पोग्बा भित्र्याउन अन्य खेलाडी डिफेन्डर सामुएल उम्टिटी र उसामान डेम्बेलेले पनि चाहेका छन् । पोग्बा, उम्टिटी र डेम्बेले राष्ट्रिय टोली फ्रान्सबाट सँगै खेल्छन् ।

 

युनाइटेडमा पछिल्लोपटक पोग्बा र प्रशिक्षक जोसे मोउरिन्हो बीच सम्बन्ध चिसिएपछि पोग्बाले क्लब छाड्ने चर्चा सुरु भएको छ । उनी जनवरीमा उनको पूर्वक्लब इटालियन युभेन्टस फर्किन सक्ने चर्चा सुरु भएको छ ।