बार्सिलोनालाई पिएसजीले दियो नेयमार भित्र्याउन समयसीमा

पिएसजीले बार्सिलोनालाई ब्राजिलियन स्टार खेलाडी नेयमार अनुबन्ध गर्न समयसीमा तोकेको छ । यदी स्पेनिस ला लिगा क्लब बार्सिलोनाले नेयमारलाई अनुबन्ध गर्न चाहे पिएसजीले तोकेको समयसीमा भित्र अनुबन्ध गरी सक्नु पर्ने छ ।

नेयमार यतिबेला आफ्नो पूर्व क्लब फर्किन निकैन उत्साहित छन् । तर, पिएसजीलाई बार्सिलोनाबाट कुनै औपचारीक प्रस्ताव नआएको रिपोर्टमा उल्लेख छ । नेयमारले पनि बारम्बार आफु पिएसजीमा खुसी नरहेको र बार्सिलोना फर्किन चाहेको बताउदै आएका छन् ।

अब यदी बार्सिलोनाले उनलाई अनुबन्ध गर्न चाहे फ्रेन्च लिग च्याम्पियन पिएसजीले १० अगस्ट भित्र आफ्नो सुरुवाती लिग खेल सुरु हुनु भन्दा पहिले कुनै पनि सम्झौता पुरा गर्न माग गरेको छ । ट्रान्फर विन्डोज स्पेन र फ्रान्स दुबैमा २ सेप्टेम्बरसम्म बन्द हुदैन् । तर, पिएसजी यस ट्रान्फरलाई लम्ब्याउन नचाहेको बताइएको छ ।

रिपोर्टका अनुसार बार्सिलोनाले अहिलेसम्म केवल एक पटक मात्र अनौपचारीकरुपमा सोधपुछ गरेको जनाएको छ । जसमा ४० मिलियन पाउण्ड नगद सहित इभान राकिटिक र फिलिप्पे काउटिन्होलाई दिने एक प्रस्तावलाई अस्विकार गरेको थियो ।

बार्सिलोनाका लागि एक सम्भावित विकल्प नेयमारलाई ऋिणमा लिनु रहेको छ । यस सिजन नेयमारलाई बार्सिलोनाले ऋिणमा लिए २०२० मा स्थायीरुपमा क्याम्प नाउमा नै राख्न सक्ने छ । जहाँ पिएसजीले पनि यस विकल्पका लागि तयार रहेको जनाइएको छ । जुन पिएसजीले मोनाकोबाट युवा स्टार केलियन एमबाप्पेलाई अनुबन्ध गरे जस्तै हो ।