बार्सिलोनालाई पछि पार्दै स्टार मिडफिल्डर साइन गर्ने पिएसजीको योजना

लिभरपुलका स्टार मिडफिल्डर जर्जिनियो विज्नाल्डमलाई साइन गर्ने बार्सिलोना सँग प्रतिस्पर्धा गर्न र बार्सालाई पछि पार्न फ्रेन्च क्लब पिएसजीको योजना रहेको खबर छ।

हाल सिजनको अन्त्य भए पछि जर्जिनियो विज्नाल्डम फ्री एजेन्ट बनेका छन् र उनलाई क्लबहरूले निःशुल्क साइन गर्न सक्ने छ। उनको नयाँ गन्तव्य बार्सिलोना हुने धेरै चर्चा थियो भने बार्सा हाल उनलाई साइन गर्न प्रयास गर्दै गरेको खबर आउँदै गर्दा उनलाई साइन गर्न फ्रेन्च क्लब पिएसजीले पनि प्रयास गर्ने भएको छ।

डच मिडफिल्डर साइन गर्न बार्साका कोच कोम्यान धेरै इच्छुक रहेका छन् भने उनी पनि आफ्नो मन पर्ने क्लब बार्सामा जान इच्छुक रहेको खबर आउँदै गर्दा पिएसजीले उनलाई ठुलो तलबको प्रस्तावको साथ साइन गर्न सक्ने खबर छ। बार्सालाई पछि पार्न पिएसजी उनलाई ठुलो तलब र बोनस दिन तयार रहेको खबर छ।

लिभरपुलका स्टार मिडफिल्डर जर्जिनियो विज्नाल्डम र लियोनका मेम्फिस डिपे आउँदो ट्रान्सफर विन्डोमा बार्साको प्राथमिकता हुने खबर छ।

। रोनाल्ड कोम्यान दुई खेलाडीलाई साइन गर्न धेरै इच्छुक छन् भने बार्साले विज्नाल्डमको लागि पिएसजीको चुनौतीको सामना गर्न पर्ने छ।