रियल म्याड्रिड जारी स्पेनिस लिगमा आफ्नो मुख्य प्रतिदन्वदी बार्सिलोनालाई पछि पार्दै शीर्ष स्थानमा पुगेको छ, सो क्रममा रियल म्याड्रिड ३ अंकको स्पष्ट दुरी बनाउन सफल भएको छ।
Zidane: “Being leaders doesn’t change anything. There is much left, much of La Liga left. We are happy but nothing will change, we have to continue with what we are doing. Above all keep clean sheets, which is our strength. There are 16 games left and it‘ll be hard.” pic.twitter.com/z7UfVV359W
— SB (@Realmadridplace) January 26, 2020
आइतबार भएको खेलमा रियल भालाडोलिडमाथि १-० को जित हात पारेपछि लिगमा बार्सिलोनासँग ३ अंकको अन्तर कायम गर्न सफल भएको हो।
मड्रिडको यस जितमा नाचोले निर्णायक गोल गरेका थिए। उनले ७८ औ मिनेटमा सो गोल गरेका हुन्।
Zidane: “Defensively what we’re doing, we’re doing well. It’s our strength. We defend together and when we lose the ball we recover the ball very high, in the end as long we don’t concede we have a good chance of scoring a goal.”
— M•A•J (@Ultra_Suristic) January 26, 2020
“यो तीन महत्त्वपूर्ण अंक हुन्, तर लालिगा जित्न लामो बाटो छ। उनले बताए।
“डिफेन्सको रूपमा हामी धेरै राम्रो गरिरहेछौं। यो धेरै राम्रो हो। हामी राम्रो डिफेन्ड गर्छौं र जब हामी बल गुमाउँछौं हामी तुरुन्तै प्रेस गरेर फेरी बल जित्छौं।
“मलाई विश्वास छ कि येसरी नै खेल्दै गरे हामीले ला लिगा जित्ने छौं।”
शनिबार भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २-० ले पराजित भएपछि लिगमा दुरी बढाउन उसका लागि यो जित महत्वपूर्ण थियो।
जितपछि मड्रिडको २१ खेलबाट ४६ अंक छ भने समान खेल खेलको बार्सिलोनाको ४३ अंक छ।