स्पेनिस लिग ला लिगा अन्तर्गत रियल म्यााड्रिडले फराकिलो जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा गेटाफेलाई ३-० गोल अन्तरले पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको हो ।
गेटाफेको मैदानमा खेलको ३४ औं मिनेटमा डेभिड सोरियाको आत्मघाती गोलबाट रियलले सुरुवाती अग्रता बनाएको थियो ।
खेलको ५३ औं मिनेटमा राफायल भरानेले गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा लुका मोड्रिचले गोल गर्दै रियललाई ३-० को जित दिलाए ।
जितसँगै रियल बार्सिलोनालाई एक अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । रियलले १९ खेलमा ४० अंक जोडेको छ ।
एक खेल कम खेलेको बार्सिलोनाले ३९ अंक जोडेको छ । पराजित गेटाफे ३० अंक जोडेर सातौं स्थानमा रहेको छ ।