बार्सिलोनालाई पछि पार्दै सर्जियो अग्वेरो साइन गर्ने इटालियन क्लबको योजना

म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर सर्जियो अग्वेरो इटालियन क्लबमा जान सक्ने खबर छ। खबर अनुसार सिरी ए क्लब इन्टर मिलान सर्जियो अग्वेरो साइन गर्न इच्छुक छन्।

म्यान सिटीमा उनको अवस्थामा इटालियन क्लब इन्टरले निगरानी गर्दै गरेको जानकारी छ र इन्टरले आउँदो विन्डोमा उनलाई साइन गर्न प्रयास गर्न सक्ने छ छ।

सिटी सँग उनको सम्झौता अन्त्य हुने क्रममा रहेको छ भने उनले पहिले जस्तो खेल समय पनि पाएका छैनन्। सर्जियो अग्वेरोले सिटी सँग सम्झौता विस्तार नगर्ने देखा परेको बेला अन्य क्लबहरूले उनी माथि आफ्नो नजर राख्न सुरु गरेको छ।

बार्सिलोना र चेल्सी जस्तो क्लब सँग उनको नाम जोडिएका छ र हाल खबर अनुसार उनलाई इन्टरले पनि साइन गर्न प्रयास गर्ने छ।

सर्जियो अग्वेरो यस सिजन चोट सँग सङ्घर्ष गर्दै छन् र उनले सबै प्रतियोगिताहरूमा क्लब को लागी केवल पाँच खेल खेलेका छन्।

जनवरी मा फिट भए पछि अग्वेरोले क्लबमा खेल मौकाको अभावमा निराशा व्यक्त गरेको छ।