पिएसजीका नयाँ कोच मौरिसियो पोचेटिनोको आर्सेनल स्टार राइट ब्याक हेक्टर बेल्लेरिन साइन गर्न इच्छुक रहेको खबर छ।
⚠️ Pochettino Wants Bellerin At PSG & Arteta Warning For AMN!
💰 AFTV Transfer Daily
💪 Transfer Daily is powered by Snickers Protein, here to get you #BackOnYourGame this Transfer Window. #ad pic.twitter.com/C2PVK2jXfG
— AFTV (@AFTVMedia) January 19, 2021
स्पानियर्डको खेल यस सिजन धेरै सुधार भएको छ, यस सिजन उनले गनर्सका लागि १६ खेलमा सुरु गरेका छन्।
आउँदो गर्मीको विन्डोमा उनले क्लब छोड्ने चर्चा रहेको छ र बार्सामा जोआन लापोर्टा क्लबको अध्यक्ष बने भने ट्रान्सफर विन्डोमा बार्साको मुख्य लक्ष्य स्टार राइट ब्याक हेक्टर बेल्लेरिन हुने खबर रहेको थियो।
Hector Bellerin could leave Arsenal at the end of the season. Barcelona, PSG, and Juventus are interested in signing the player. [@CmdotCom_En]
— LTArsenal™ (@ltarsenal) January 18, 2021
हाल खबर अनुसार उनि माथि पिएसजीको पनि चासो रहेको छ। पोचेटिनो उनलाई साइन गर्न इच्छुक छन् र पुर्व स्पर्स कोच आफ्नो प्रिमियर लिग समय देखि उनको फ्यान रहेको कुरा छ।
बार्सिलोनालाई पछि पार्दै पिएसजीमा उक्त स्टार फुल-ब्याक भित्राउने पोचेटिनोको लक्ष्य रहेको खबर छ भने बार्सा पनि उनको लागि आर्सेनलसँग छलफल गर्न तयार हुने खबर रहेको छ।
बेल्लेरिनको मूल्य £२२ मिलियन भन्दा माथि हुने छ।