बार्सिलोनाका गोलरक्षक मार्क आन्द्रे टर स्टेर्गेनले लामो समय मैदानबाहिर रहनुपर्ने भएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार स्टेगिनले घुँडाको चोटका कारण लामो समय मैदानबाहिर रहनु पर्ने भएको हो ।
दाहिने घुँडामा गम्भीर चोट लागेका कारण उनले केही महिना मैदानबाहिर बस्नुपर्ने मार्काले जनाएको छ ।
स्टेर्गेनले सोमबार मात्र बार्सिलोनाका मेडिकल टिमसँग स्वास्थ्य परीक्षण गरेका थिए । जसमा, जर्मनका गोलकिपर स्टेर्गेनको घुँडामा जटिलता देखिएको थियो ।
अब उनको घुँडाको सर्जरी गर्नुपर्ने अवस्था आउनसक्ने बताइएको छ । यदि, सर्जरी गर्नुपरेमा उनले १० वा १२ महिना आराम गर्नुपर्छ ।
Barcelona have announced that Ter Stegen is struggling with a knee injury 🤕
The club have also confirmed that Arthur will be out for three more weeks 🚑 pic.twitter.com/jcuBb5V4is
— Goal (@goal) December 30, 2019
त्यस्तै बार्सिलोनाका मिड्फिल्डर अर्थुर मेलो पनि मैदान बाहिर रहनेछ ।
तिघ्राको इन्जुरीका कारण अर्थुर ३ हप्ता सम्म मैदान बाहिर रहने छ ।