“बार्सिलोनालाई जर्जेन क्लोप जस्तो कोचको आवश्यक छ”

बार्सिलोनाका अध्यक्ष पदका उम्मेद्वार जोर्डी फेरेले आफूले जर्जेन क्लोपसंग वार्ता गरेको दाबी गरेका छन्। अध्यक्ष चुनाव आगामी मार्च महिनामा हुनेछ र फेरे लिभरपूलका कोचलाई बार्सामा प्रलोभन गर्ने आशा गर्दै छन्।

च्याम्पियन्स लिगको लजास्पद हार पछि रोनाल्डो कोमनले बार्सामा क्विक सेटीनको ठाउँ लिएका थिए तर क्लबका अरु अध्यक्ष पदका उम्मेद्वारहरु हालका क्लब अध्यक्ष जोसेप मारिया बार्टोमेउको निर्णय संग खुसी नरहेको देखिन्छ ।

उम्मेदवार भिक्टर फन्टले चुनाव जिते कोमनलाई २०२१-२२ सत्र अघि बर्खास्त गर्ने र क्लबका लेजेण्ड जावी हर्नान्डेज भित्राउने वाचा गरे भने जोर्डी फेरे हाल जर्जेन क्लोप संग वार्ता गर्दै गरेको खबर छ।

फेरेले सो बारे कुरा गर्दै भने: “यदि कोमनले राम्रो काम गरे उनि पक्कै क्लबमा रहने छन् ।

“स्पष्ट छ, हामीसँग हाम्रो रोडम्याप छ र जर्जेन क्लोपसँग हामीले पहिले नै धेरै कुराकानी गरिसकेका छौं, किनभने यस्तो देखिन्छ कि बार्सिलोनालाई उनि जस्तो प्रशिक्षक चाहिएको छ।”