बार्सिलोनालाई कोपा डेल रे जित्न किन महत्वपूर्ण छ? येस्तो छ कारण

बार्सिलोनाका निम्ति कोपा डेल रे को जित निकै महत्वपूर्ण छ । जितका लागि खेलाडी देखि प्रशिक्षक निकै आतुर छन । च्याम्पियन लिग सेमी फाइनल लिभरपूल विरुद्धको हारको परित्याग गर्नुछ । हर बार्सा फ्यानको नजर सिजनको अर्को घरेलु लिग जितमा छ । नेपाली समय अनुसार कोपा डेल रे फाइनल आइतबार राति १२:४५ बजे हुनेछ ।

बार्सिलोना अफिसियल ट्वीटरमा लेखिएको छ – हामीलाई जितको आवश्यकता छ, हामी सबै- खेलाडी, स्टाफ देखि समर्थक सबैलाई ।

बार्सिलोनाले यस जित निकालेको खण्ड ५ कोपा डेल रे उपाधि हुनेछ जुन बार्सिलोनाका निम्ति अर्को इतिहास हुनेछ । प्रशिक्षक भल्भार्डेको जागिर समेत धरापमा देखिएको छ । उक्त फाइनलको हार भल्भार्डेको जागिर खोसिने छ ।

भल्भार्डेले समेत उक्त जितका निम्ति आफ्नो पूर्णता दिनु जरुरि देखिन्छ ।

मेस्सी युगको अन्तिम घडीमा रहदै गर्दा बार्सिलोनाले ९ औ पटक कपको फाइनल खेल खेल्दै छ र भ्यालेन्सियाले आफ्नो पूर्णता सिजनको पहिलो कपका निम्ति दिदै छ ।

बार्टोमेउ देखि बार्सिलोनाका अन्य सदस्यको नजरमा यस बार्सिलोनाका टिम एक सुनौलो टिम रहेको बताउछन र हर एक जितको लायक यी खेलाडी रहेको बार्टोमेउ समेत बताउछन । पिके देखि मेस्सीसम्म हरका निम्ति यो जित निकै महत्वपूर्ण छ । बालोन डी’ओर समेत नजिकिदै छ, मेस्सीलाई यो जित अवस्य जरुरी छ ।

बार्सिलोनालाई कोपा डेल रे निकै महत्वपूर्ण छ भल्भार्डेको जागिर र मेस्सीको बालोन डी’ओरका निम्ति यो परिक्षा बनेको छ ।