“बार्सिलोनालाई आवश्यक परेको समयमा सँधै मेस्सीले राम्रो प्रदर्शन गर्छन”

एन्टोनी ग्रिजम्यानले भने कि बार्सिलोनाको अलाभ्सबिरुद्धको बिजयमा लियोनेल मेस्सीको महत्वपूर्ण भूमिका थियो।

खेल ४-१ ले जिते पनि, बार्साको खेल केहि सुस्त थियो – जब मेस्सीले आफ्नो टीमलाई केहि ऊर्जा दिए टिमले निकै राम्रो खेलेको थियो।

ग्रिजम्यान र मेस्सी दुवैले शनिबारको जीतमा गोल गरे र ग्रिजम्यानले भने: “मेस्सी विश्वको सर्वश्रेष्ठ खेलाडी हुन् । हामीसँग एक ठूलो टोली छ र धेरै राम्रो खेलाडीहरु छ। जब टीमलाई ऊर्जा चाहिन्छ वा गोलको आवश्यक पर्छ, मेस्सी देखा पर्ने गर्छन।

“अब छुट्टिहरु आउँदैछ। हामी सुधार गर्न सक्दछौं, हामीले अझै राम्रो गर्ने प्रयास गर्न पर्छ। यो छुट्टीको आनन्द लिने र काम गर्ने र सुधार गरेर फर्कने समय हो।

“म खुसीको साथ बिदामा जाने छु।”