बार्सिलोनालाई अस्वीकार गर्दै नेमार पिएसजीमै रहने

PARIS, FRANCE - JANUARY 09: Neymar Jr of Paris Saint-Germain celebrates after scoring during the French Cup match between Paris Saint Germain and Guingamp at Parc des Princes on January 09, 2019 in Paris, France. (Photo by Aurelien Meunier - PSG/PSG via Getty Images)

बार्सिलोनाका पूर्व स्टार नेमार २०२१ मा क्याम्प नाउमा फर्कने सम्भावित अवसरलाई अस्वीकार गर्दै पिएसजीमै रहने, डेरियो ए एसले रिपोर्ट गरेको छ।

गत १८ महिना देखि ब्राजिलका सुपरस्टार नेमार बार्सामा फर्किने चर्चा संग जोडिएका छन्, तर हाल खबर अनुसार उनको मनसाय फ्रान्सेली राजधानीमा आफ्नो सम्झौता विस्तार गर्ने रहेको छ र २०२२ सम्म पनि उनि पिएसजीमै हुने छन्।

खबर अनुसार उनले अब क्याटालोनिया फर्कने आफ्नो योजनालाई त्यागेका छन र अब लिग १ जियान्ट्ससँग प्रारम्भिक अनुबन्ध विस्तार वार्तामा प्रवेश गर्ने छन।

पीएसजी २८ बर्षेका स्टारलाई नयाँ सम्झौताको प्रस्तावका दिन खुला छन्, तर पिएसजीको मुख्य प्राथमिकता लिभरपूल वा रियल म्याड्रिडमा जान सक्ने फ्रेन्च स्टार किलियन एम्बाप्पेलाई क्लबमै राख्नु हो।

खबर अनुसार नेमारको तलब माग हालकै वार्षिक €३० मिलियनलाई जारी राख्ने हो तर पिएसजीले उनि ३० वर्ष भए पछि उक्त रकम €२५ मिलियन गर्न सक्ने खबर छ।