बार्सिलोनालाई अवे खेलको समस्या

Barcelona's Lionel Messi and Frenkie de Jong look dejected after Maxi Gomez scored Valencia's second goal during the La Liga Santander match between Valencia and FC Barcelona, at Mestalla, in Valencia, Spain, on January 25, 2020. Photo: Reuters

बार्सिलोनाले ला लिगामा सम्भब्त ३३ अंकमा १८ अंक गुमाइ सकेको छ। यो सबै अंक क्याम्प नोउभन्दा बाहिरको मैदानमा गुमाएको अंक हो।

बार्सिलोनाको उपाधि जित्ने सपना अवे खेलको खराब लयले गर्दा गुमाउनु पर्ने अवस्थामा पुगेको छ। स्पानिश च्याम्पियनको अवे खेलको प्रदशन सोचे जस्तो सुखद रहेको छैन। शनिबार पनि बार्सिलोनाको अवे खेलमै भ्यालेन्सियाबिरुद्ध पराजित हुन पुग्यो। यदि आज रियल म्याड्रिडले जितेको खण्डमा रियल शीर्ष स्थानमा उक्लने छ।

यस साताको अन्तिममा भ्यालेन्सियाको हारसंगै बार्सिलोनाले १८ अंक गुमाइसकेका छन। अवे खेलमा ४ खेल हार्दा ३ खेलमा बराबरी खेलेका हुन।

ला लीगाको सुरुवात देखी यो समस्याले पिरोलिएको बार्सिलोना पहिलो खेलमै एत्लेटिको बिल्बाओसँग उसैको मैदानमा पराजित हुन पुग्यो। त्यस्तै, लिभन्टे, ग्रनडा, भ्यालेसियासँग हारेको बार्सिलोना ओसासुना, रियल सोसियड्याड र एस्पन्योलसँग बराबरी खेलेका थिए।

यो सिजन बार्सिलोनाको अरु सिजनको तुलनामा फितलो प्रदशन गर्दै आएको देखिन्छ। बार्सिलोना अघिल्लो सिजन अवधीभरी ३ खेलमा पराजित बेहोरेको थियो। त्यस्तै, २०१७-२०१८ को सिजनमा मात्र १ खेलमा पराजित भएका थिए।