बार्सिलोनालाई अझै पनि नम्बर १० ले बचाउदै

स्पेनिस क्लब बार्सिलोनाले आइतबार राती भएको ला लिगाको खेलमा भ्यालेन्सियालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

उक्त खेलमा मेम्पिस डिपाइ, फिलिपे कौटिन्हो र अन्सु फाटीले एक एक गोल गरेका थिए ।

यो खेल युवा फर्वाड अन्सु फाटीको यस सिजन पहिलो स्टार्टिङ खेल पनि रहेको थियो र यस सिजन पहिलो पटक सुरुवाती ११ मा परेका फाटीले उत्कृष्ट प्रदर्सन गर्दै जितमा महत्त्वपूर्ण योगदान गर्न सफल भयो ।

बार्साका नंया नम्बर १० खेलाडीले गत हप्ता भएको अन्तर्राष्ट्रिय ब्रेकको पूरा सदुपयोग गर्दै आफ्नो फिट्नेसमा धेरै काम गर्ने मौका पाएको थियो र त्यो निकै फाइदाजनक पनि साबित भयो ।

सो खेलमा बार्सिलोनाले म्यान्चेस्टर सिटीबाट यसै सिजन भित्र्याएको खेलाडी, सर्जियो अगुएरोले पनि डेब्यु गरेका थिए ।