बार्सिलोना,रियल म्याड्रिड र युभेन्टसको संयुक्त विज्ञप्ती

एजेन्सी, यूरोपियन सुपर लिगका अन्तिम तीन क्लब बार्सिलोना,रियल म्याड्रिड र युभेन्टसले यूरोपियन सुपर लिगको रक्षा गर्दै संयुक्त विज्ञप्ती दिएका छन्। उनका अनुसार “सुपर लीगका संस्थापक क्लबहरूले यो परियोजना छाड्न दबाब र धम्की प्राप्त गरेका छन र अझै पनि प्राप्त गर्दैछन्”।

उनका अनुसार सुपर लिग १२ वटै संस्थापक क्लबहरू द्वारा संयुक्त रूपमा फुटबल जगतमा भइरहेको आर्थिक समस्याको समाधान गर्नका लागि अघि ल्याइएको थियो।
युरोपका दर्जनौं प्रमुख क्लबहरूले हालको च्याम्पियन्स लिग संरचनाबाट अलग भई उनीहरूको आफ्नै, अत्यधिक प्रतिस्पर्धात्मक लिग सिर्जना गर्ने विचारको साथ सुपर लीगको अप्रिलमा घोषणा गरेका थिए।
माथि उल्लेखित तीन क्लबहरु सँगै एटलेटिको म्याड्रिड, इन्टर मिलान,ए.सि मिलान, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सेनल, टोटेनहम हटस्पर, लिभरपूल र चेल्सी सबै संस्थापक क्लबहरू थिए।
यो घोषणा सङै यूरोपियन सुपर लिगको चारै तर्फ बिरोध हुनुका साथसाथै खेल प्रेमीहरु सडकमा पनि उत्रिएका थिए जसका कारण घोषणाको ४८ घन्टा भित्रै ६ वटै इङलिस क्लबहरु यो योजनाबाट बाहिरिए। एटलेटिको म्याड्रिड, इन्टर मिलान र ए.सि मिलान भने त्यस्को अर्को दिन यस् योजनाबाट बाहिरिएका थिए। यो सम्पुर्ण योजनालाई आर्थिक सहयोग अमेरिकि बैंक जे.पि मोर्गनद्वारा गरिएको हो।